January 20, 2025

Home/

सेवा खरीदका लागी कोटेशन आह्रान सम्वन्धमा

Download:
प्रथम पटक प्रकाशित मिति : २०८१।०८।१४
        उपरोक्त सम्बन्धमा वल्ड भिजन इन्टरनेशनल नेपाल (WVI Nepal) र पाँचतारा युवा संरक्षक मञ्च (PTYSM) जाजरकोट द्धारा सञ्चालित Protection Community Engagement and Sponsorship Project (PCESP) परियोजनाबाट भेरी नगरपालिका ६, ७, ८,९,१०,११ र १२ साथै नलगाड नगरपालिका को १,२,३,४ र ५ मा बालअधिकारका सवालमा  वहस र छलफल गर्नका लागि साझा मञ्चको रुपमा विकास गर्ने  र बालमैत्री नीति निर्माण, श्रोत संकलन, सहभागितामूलक योजना निर्माण, कार्यान्वयन र जवाफदेहिता प्रर्बद्धनका लागि पैरवी  तथा वकालत गर्ने, बालबालिकाको क्षेत्रमा राज्यका तर्फवाट तय भएका कानुन तथा नीतिहरुको प्रभावकारी कार्यान्वयन गर्न दवाव सृजना गर्ने र आवश्यक नीति  र कार्ययोजना निर्माणगर्न स्थानीय तहमा पैरवी गर्ने, स्थानीस्तरमा रहेका बालअधिकारका सवाललाई उनीहरुमार्फत सम्वन्धित सरोकारवालाहरुसँग पुर्याउने वातावरणको सृजना गर्ने, बालबालिकाहरुको क्षेत्रमा काम गर्ने सरकारी तथा गैह्सरकारी निकायहरुलाई बाल संवेदनशिल बनाउन र बालबालिकाहरुका आवाजलाई सुन्ने बातावरणको सृजना गरि बालबालिका सवालहरुमा जनप्रतिनिधि तथा स्थानीय सरकारलाई जवाफदेही र उत्तरदायी बनाउने उद्धेश्यका साथ बाल कचहरी कार्यक्रम सहजीकरण तथा कार्यक्रम उत्पादन र प्रसारणका लागि यो कोटेशन आह्वन गरिएको छ । कोटेशन सुचना प्रकाशन भएको मितिले ७ आंै दिन अर्थात मिति २०८१–०८–२१ गते साँझ ५ः०० बजे सम्म बुझाई सक्नु पर्नेछ ।
नोट : सम्बन्धित कागजजातहरुका लागी संस्थाको कार्यालय तथा संस्थाको www.ptysm.org.np बाट  लिनसक्नु हुनेछ । कोटेशन पेश गर्नका लागी ptysm.procurement@gmail.com मार्फत गर्न सकिने छ ।
क्रम सं आवश्यक वस्तु तथा सेवा वस्तु तथा सेवाको प्रकार इकाइ परिमाणा कैफियत
रेडियो कार्यक्रम बाल कचरी वडा तथा पालिका स्तरिय वाल कचहरी सहजिकरण रेडियो कार्यक्रम उत्पादन र प्रसारण संख्या १६
आशय पत्रका सेवा शर्तहरु:
-संस्थाले उल्लेख गरेको विशिष्टिकरण अनुसारको बस्तु तथा सेवा उपलब्ध गराउनुपर्नेछ ।
-इच्छुक आपूर्तिकर्ताले आवश्यक कागजात र विस्तृत मुल्य सहितको सिलवन्दि कोटेसन सूचना प्रकासन भएको मितिले ७दिन भित्र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको कार्यालयमा पेश गर्नुपर्नेछ,यदि कोटेसन बुभाउने अन्तिम दिन सार्वजनिक विदा परेमा दोस्रो दिनको कार्यालय समयभित्र बुझाउन सकिनेछ ।
-इच्छुक आपूर्तीकर्र्ताले कोटेशन संगै अन्य आवश्यक आधिकारिक कागजातहरु (फर्म दर्ता तथा नविकरणको प्रमाण पत्र, र मूल्य अभिवृद्धि कर प्रमाण पत्र तथा, स्थायी लेखा नम्बर र कर चुत्ताको प्रमाणपत्र आदिको प्रतिलिपि) अनिवार्य पेश गर्नुपर्नेछ ।
-संस्थाले विल भुक्तानी गर्दा कुल रकममा नेपाल सरकारको नियमानुसार लाग्ने करकट्टी गरिनेछ ।
अन्य थप जानकारी
-आपूर्तीकर्ता छनौट गर्ने नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा नै निहित हुनेछ ।
-यस सम्बन्धि थप जानकारी आवश्यक भएमा यस संस्थाको फोन नं ०८९–४३००६८ ⁄ ९८४८१४५७७९ मा  सम्पर्क गरी सोधपुछ गर्न सकिनेछ ।
-कोटेशन बुझाउँदा आपुर्तीकर्ताले अन्य आधिकारीक कागजात सहित आशय पत्र, स्वःघोषणा पत्र र वल्र्ड भिजन इन्टरनेसनलको आचार संहिता निती (प्रत्येक पानामा आधिकारीक छाप र हस्ताक्षर गरेको) पनि सँगै बुझाउनु पर्नेछ ।

share it:

Notes