कोटेशन आह्वान सूचना
उपरोक्त सम्बन्धमा वल्र्ड भिजन इन्टरनेशनल नेपाल (WVI Nepal) र पाँचतारा युवा संरक्षक मञ्च (PTYSM) जाजरकोट द्धारा सञ्चालित SHILED-IPF परियोजनाबाट भेरी नगरपालिकाको वडा नं. ५ देखि १२ र नलगाड नगरपालिकाको वडा नं. १ देखि ८ मा परियोजना सञ्चालन हुँदै आएको छ।
यस सन्दर्भमा बाल अधिकार, संरक्षण तथा सहभागितामूलक योजना निर्माण, नीति निर्माण, कार्यान्वयन र जवाफदेहितालाई प्रवर्द्धन गर्न सडक नाटक कार्यक्रम सहजीकरण, उत्पादन तथा प्रदर्शनका लागि यो कोटेशन आह्वान गरिएको छ।
कोटेशन सूचना प्रकाशन भएको मितिले ७ औं दिन अर्थात २०८२/१२/१५ गते साँझ ५:०० बजे सम्म बुझाउनु पर्नेछ।
नोट: आवश्यक कागजात संस्थाको कार्यालयबाट लिन सकिनेछ। कोटेशन ptysm.procurement@gmail.com मार्फत पनि पेश गर्न सकिनेछ।
तपसिल:
| क्र.सं. | आवश्यक वस्तु तथा सेवा | वस्तु तथा सेवाको प्रकार | इकाई | परिमाण | कैफियत |
|---|---|---|---|---|---|
| १ | सडक नाटक कार्यक्रम उत्पादन तथा प्रदर्शन | सडक नाटक निर्माण तथा प्रदर्शन | संख्या | १३ | – |
आशय पत्रका सेवा शर्तहरु:
- संस्थाले उल्लेख गरेको विशिष्टिकरण अनुसारको सेवा उपलब्ध गराउनुपर्नेछ।
- कोटेशन ७ दिनभित्र संस्थाको कार्यालयमा पेश गर्नुपर्नेछ।
- आवश्यक कागजातहरू (दर्ता, PAN, VAT, कर चुक्ता) अनिवार्य पेश गर्नुपर्नेछ।
- भुक्तानी गर्दा प्रचलित कर कट्टी गरिनेछ।
- वित्तीय तथा प्राविधिक प्रस्ताव पेश गर्नुपर्नेछ।
- आपूर्तिकर्ता छनोट गर्ने अधिकार संस्थामा निहित हुनेछ।
- थप जानकारीका लागि: ०८९–४३००६८ / ९८४८१४५७७९
- आचारसंहिता, स्वघोषणा पत्र सहित सबै कागजात पेश गर्नुपर्नेछ।
पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट
📥 PDF FINANCIAL PROPOSAL डाउनलोड गर्नुहोस्
📥 PDF Notice Latter डाउनलोड गर्नुहोस्