अति जोखिममा रहेका बालबालिका र घरपरिवारलाई सहयोग
विपद् प्रभावित परिवार तथा अभिभावकविहीन बालबालिकालाई मानवीय सहयोग

जाजरकोट, छेडागाड। निरन्तर वर्षाका कारण उत्पन्न प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा अभिभावक गुमाएका बालबालिकाको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले सेभ द चिल्ड्रेनको सहयोग तथा पाँचतारा युवा संरक्षक मञ्चको सहजीकरणमा राहत तथा सहयोग सामग्री उपलब्ध गराइएको छ। छेडागाड नगरपालिकाका विभिन्न क्षेत्रमा वर्षाका कारण प्रभावित २० परिवारलाई खाद्यान्न तथा दैनिक जीवनयापनका लागि आवश्यक राहत सामग्री वितरण गरिएको […]