पून प्रकाशित मिति: २०८०/१०/१८
उपरोक्त सम्बन्धमा Save The Children, पाँचतारा युवा संरक्षक मञ्च (PTYSM) जाजरकोट र पहाडी क्षेत्र विकास अभियान (HRDC) जाजरकोट द्धारा सञ्चालित ECHO परियोजनाको लागि तपसिल बमोजिमको सामाग्रीहरु विभिन्न समयमा विभिन्न परिमाणमा आवश्यक परेकोले नेपाल सरकारबाट बस्तु तथा सेवा संग सम्बन्धित कार्यको इजाजत प्राप्त निम्न लिखित शर्तको अधिनमा रहि कार्य गर्नका लागि इच्छुक आपुर्तीकर्ताबाट टेन्डर आह्वान गरिएको छ । टेन्डर प्रकाशन भएको मितिले ५ औँ दिन अर्थात मिति २०८०/१०/२२ गते ५ बजे सम्म यस संस्थाको कार्यालयमा वा आधिकारीक इमेलमा दर्ता गराई सक्नु पर्ने छ ।
टेन्डर पेश गर्ने इमेल: ptysmhrdc@gmail.com
सामग्री उपलव्ध गराउनु पर्ने स्थान: भेरी नगरपालीका – ३/४, खलंगा जाजरकोट
Email बाट टेन्डर पेस गर्दा PDF बनाइ पासवर्ड राखी पेस गर्न सकिने छ ।
शर्तहरु
- टेन्डर आफ्नो पसल तथा फर्मको लेटर प्याडमा निबेदन लेखी पेश गर्नु पर्नेछ ।
- टेन्डर तोकिएको मिति र समय भित्र सम्बन्धित कार्यालयमा दर्ता गराई सक्नु पर्ने छ ।
- शिलबन्दी दरभाउ पत्र पेस गर्ने वा निजको प्रतिनिधिको उपस्थिति वा अनुपस्थितिमा यस कार्यालयमा खोलिने छ ।
- टेन्डर पत्र दाता आफुले कबोल गरेको दररेट तथा कुल रकम अंक र अक्षरमा प्रष्ट हुने गरी उल्लेख गर्नु पर्ने छ । अङ्क र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइने छ ।
- टेन्डर पत्र दाताले शिलबन्दी दरभाउ पत्रको खाम बाहिर फर्मको नाम, ठेगाना र शिलबन्दी दरभाउ दाताको नाम, ठेगाना र सम्पर्क नम्बर स्पष्ट लेख्नु पर्ने छ ।
- टेन्डर पत्र पुर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थालाई हुने छ ।
- टेन्डर पत्र सम्बन्धि अन्य थप जानकारी लिनु परेमा यस कार्यालयमा सम्पर्क राख्न सकिने छ ।
- रित नपुगी आएका टेन्डर उपर कुनै किसिमका कारवाही हुने छैन ।
- सामान उपलब्ध गराउने सकिने समय स्पष्ट रुपमा उल्लेख भएको हुनुपर्नेछ ।
- टेन्डर फर्मको प्राप्त गर्नको लागि यस संस्थाको कार्यालय वा संस्थाको Web Site: https://ptysm.org.np/?p=1189 वाट प्राप्त गर्न सकिने छ ।
- प्रस्ताबित मूल्यको २.५ प्रतिशत धरौटी यस संस्थाका निम्नानुसारको खातामा जम्मा गर्नु पर्नेछ वा सोही मुल्य बराबरको बैक ग्यारेन्टि पेस गर्न सकिने छ ।
१. गोलोबल आइएमइ बैंक थलह शाखामा
खाताको नाम: Paach Tara Yuba Samrakshak Manch
खाता नं.: 26401010000121
शाखा: Chhedagad Branch
वा
२. बैक: Citizen Bank International Ltd,
खाताको नाम: Hilly Region Dev. Campaign JKT
खाता नं.: 0360100000473201
शाखा: Jajarkot branch
दर रेटका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु:
१. स्थाई लेखा नम्बर वा मु.अ. करमा दर्ता भएको हुनुपर्ने ।
२. आ.व. २०७७/७८ देखि ७९/८० सम्मको तिन वर्षको आयकर चुक्ता भएको प्रमाण पत्र लिएको हुनुपर्ने ।
३. व्यवसाय सेवा दर्ता र नविकरणको प्रमाण पत्रहरु हुनुपर्ने ।