Download
प्रथम पटक प्रकाशित मिति: २०८१/०४/१३
विषय: लेखा परिक्षणको लागि आशय पत्र माग गरिएको सम्बन्धमा ।
पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट गैर धार्मिक, गैर राजनीतिक तथा गैर नाफामुलक गैर सरकारी संस्थाका रुपमा करिब ३ दशक देखि शिक्षित बालमैत्री र वातावरणमैत्री समतामूलक समाज निर्माण गर्ने परिकल्पना सहित कर्णाली प्रदेशमा कार्यरत छ । कर्णाली प्रदेशका विपन्न बर्ग, महिला, बालबालिका, दलित, जनजाति तथा अल्पसंख्यक समुदायहरूको जिविकोपार्जन, सशक्तिकरण, समानता तथा सामाजिक न्याय र कृषि, शिक्षा, स्वास्थ्य पोषणका क्षेत्रमा क्रियाशिल रहेको छ ।
संस्थाद्धारा २०८० श्रावण १ गते देखि २०८१ अषाढ मसान्त सम्मका लागि एक आर्थिक वर्षको विभिन्न परीयोजना अन्तरगत २६–२७ करोड बरावर रकमको लेखा परिक्षण गर्नुपर्ने भएकोले तल उल्लेखित योग्यता पुगेका फर्म बाट विष्तृत विवरण सहित आशय पत्र पेश गर्नका लागि आह्वान गरीएको छ ।
आवस्यक कागजातहरू:
- नेपाल सरकार वा नेपाल चार्टर एकाउन्टेन्स संस्था बाट सम्बन्धीत कार्यका लागी प्राप्त गरेको इजाजत पत्र प्रतिलिपीहरू
- स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र प्रतिलिपी
- कर चुक्ता प्रमाण-पत्र प्रतिलिपी (२०७९/०८०)
शर्तहरू
- लेखा परिक्षण गर्नको लागि पाँचतारा युवा संरक्षक मञ्चको केन्द्रिय कार्यालय भेरी नगरपालिका ३ जाजरकोट र संस्थाको फिल्ड कार्यालय छेडागाड नगरपालिका ५, थलह जाजरकोटमा उपस्थित भइ गर्नुपर्नेछ ।
- प्रस्तावना यस संस्थाले उपलब्ध गरायको फाराममा भरी कार्याललय समयमा आफ्नो फर्मको लेटर प्याडमा निवेदन लेखी फर्मको डकुमेन्ट सहीत इमेल मार्फत ptysm.procurement@gmail.com मा पेश गर्नु पर्ने छ ।
- प्रस्तावना सूचना प्रकाशन भएको मितिले ७ औँ दिनको ५ बजे सम्म यस संस्थार/Email मा दर्ता गराई सक्नु पर्नेछ । प्रस्तावना दरभाउ पत्र दाता वा निजको प्रतिनिधिको उपस्थिति वा अनुपस्थितिमा यस संस्थामा खोलिने छ ।
- प्रस्तावनामा यातायात खर्च, खाना तथा होटल वास सहीत कुल लागत पेश गर्नुपर्ने छ ।
- आशय पत्र दाताबाट आफ्ले कबोल गरेको दररेट तथा कुल रकम अंक र अक्षरमा प्रष्ट हुने गरी उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइने छ ।
- आशय पत्र दाताले दरभाउ पत्रको खाम बाहिर कार्यालयको नाम ठेगाना र शिलबन्दी दरभाउ दाताको नाम, ठेगाना र सम्पर्क नम्बर स्पष्ट लेख्नु पर्ने छ । इमेल मार्फत आएका कोटेशनको हकमा खाम आवश्यकता पर्ने छैन ।
- आशय पत्र स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस संस्थालाई हुनेछ ।
- संस्थाको सुरक्षा नीतिको पालना गर्नुपर्नेछ ।
- आशय पत्र सम्बन्धी अन्य थप जानकारी लिनु परेमा कार्यालय समयमा यस कार्यालयको सम्पर्क नं.०८९-४३००६८ ९८४८०३६९५६, ९८५८०६९८०२ मा बुझ्न सकिने छ ।