August 7, 2026

SHIELD-शिक्षा परियोजना

पाँचतारा युवा संरक्षण मञ्च, जाजरकोट र वल्र्ड भिजन ईन्टरनेशनलको साझेदारीमा शिक्षा परियोजना भेरी नगरपालिका वडा नं. ५ देखी १२ सम्म र नलगाड नगरपालिका वडा नं. १ देखी ८ सम्म विभिन्न क्रियाकलाप संचालन गरिएको छ ।

क्रियाकलापको परिचय 

अपाङ्गता भएका बालवालिकाका लागि सहायक उपकरण सहयोग कार्यक्रम

अपागंता पहिचान तथा अपगंता भएका बालबालिकाको स्वास्थ्य परिक्षण शिविर

अपाङ्गता भएका वालवालिकाहरुलाई सहायक सामाग्रीहरु (ह्वीलचेयर, वैशाखी, श्रवण यन्त्र आदि) सहयोग गरी उनीहरुको दैनिक कार्यमा सहयोग गर्दै विद्ययालयसम्म जोड्न सहजीकरण गरिएको थियो ।

अपाङ्गता भएका बालबालिकाहरू आवश्यक सहयोगी यन्त्रहरू सहयोग गरि दैनिक क्रियाकलाप तथा बिद्यालयमा सहभागी हुन सक्षम बनाउने ।

ड्ड क्रियाकलाप पश्चात पहिचान भएका बालबालिकाहरुलाई उनीहरुको अभिभावकको सहभागीतामा बिषय विज्ञ डाक्टर बाट थप स्वास्थ्य जाँच गरेका छन् ।
विद्यालय बाहिर रहेका बालबालिकाका लागि वैकल्पिक कक्षा ९ऋबतअज(गउ० कक्षा सञ्चालन

विद्यालय बाहिर रहेका वा बीचमै पढाइ छोडेका ८ देखि १३ बर्ष उमेर समुहका बालबालिकाहरूलाई पुनः विद्यालयको मूलधारमा ल्याउन सञ्चालन गरिने वैकल्पिक कक्षा हो ।

विद्यालय बाहिर रहेका बालबालिकाको आधारभूत साक्षरता सीप विकास गरी उनीहरूलाई विद्यालयमा भर्ना हुन तयार पार्नु ।

बालबालिकाको नेतृत्वमा बिद्यालय भर्ना अभियानमा सहयोग

बिद्याालय बाहिर रहेका बालबालिकालाइ बिद्याललयको मुलधारमा ल्याउन बालबालिकाको नेतृत्वमा संचालन गरिने सचेतना मुलक अभियान हो । यस अन्तर्गत ¥याली भर्ना क्याम्प अभिभाबक संग अन्र्तक्रिया र समुदाय स्तरको सचेतना कार्यक्रम संचालन गरिनेछ ।

ड्ड बिद्यालय बाहिर रहेका बालबालिकाहरु पहिचान गर्ने र बिद्यालय भर्न गराउने ।
ड्ड अभिभावकहरुलाई शिक्षाको महत्व बुझाई बिद्यालय जाने उमेरका बालबालिकाहरुलाई बिद्यालयमा भर्ना गर्ने ।

सिकाइ कमजोर विद्यार्थीहरूका लागि उपचारात्मक कक्षा सञ्चालन

कक्षा १ देखी कक्षा ३ सम्मका बालबालिकाहरुको साक्षरता विकासका लागी पढाई शिविर कक्षा संचालन

विद्यालय भर्ना भएका, नियमित नभई आफ्नो कक्षाको स्तर अनुसार कमजोर सिकाइ रहेकाआधारभुत तहका विद्यार्र्थीहरूका लागि विद्यालय समय अघि वा पछि सचालन गर्ने क्रियाकलाप हो ।
ड्ड सिकाइमा पछि परेका बालबालिकाहरूलाई अतिरिक्त सिकाइको अवसर प्रदान गरि उनीहरुको सिकाइे सिकाइ उपलब्धिमा वृद्धि गर्नु ।
बिद्यालयको दिवा खाजाको गुणस्तर सुधारका लागि बाल क्लबद्वारा समिक्षा बैठक आयोजना गर्न सहयोग ।
बिद्यालय स्तरमा बालबालिकालाइ दिइने दिवा खाजा को गुणस्तर सुधार, स्वच्छता सम्बन्धि र पोषण सुधारका लागि बालक्लबको नेतृत्वमा गरिने क्रियाकलाप हो ।
ड्ड बिद्यालयमा दिइने दिवा खाजाको गुणस्तर र स्वच्छतामा सुधार गर्नु ।
ड्ड बाल क्लबको सहभागिता र जवाफदेहिता बढाउदै बिद्यालय पोषण कार्यक्रम सुदृढ गर्ने ।
बिद्यालय उपस्थिति अडिट सन्चालन गर्न बाल क्लबलाइ सहयोग ।
यो गतिबिधि बिद्यालयमा बालबालिकाको नियमित उपस्थिती अनुपस्थिती कारण र बिद्यालय छोड्ने जोखिम र सिकाइमा सहभागिता बिश्लेषण गर्न बाल क्लबको नेतृत्वमा बिद्यालय उपस्थिति अडिट सन्चालन गर्नका लागि हो । यसले बिद्यालय अभिभाबक र सरोकारवालालाई तथ्यमा आधारित निर्णय लिन सहयोग पु¥याउछ

ड्ड बिद्यालय उपस्थिति को अबस्था पहिचान गरी सुधारका लागी उपाय तय गर्नु ।
ड्ड बाल क्लबको सहभागिता जवाफदेहिता र बिद्यालय सुधारमा योगदान बढाउनु ।
गतिबिधिको नाम घरमै सिकाइको स्थान सिर्जना गर्न बालबालिकालाइ अभिमुखिकरण ( सामाग्री सहयोग सहित )
यो गतिबिधि बालबालिकाले घरमै सिकाइका लागि यउटा निश्चित ठाउ होस र जसले गर्दा बालबालिका को सिकाइमा सहयोग पुगोस भन्ने उदेश्यले यो गतिबिधि सन्चालन गर्न आबश्यक भयको हो ।
ड्ड बलबालिकाको पठन सिप बिकासका लागि आबश्यक शैक्षिक सामाग्री उपलब्ध गराइ पठन सिप बिकासमा सहयोग पु¥याउनु हो ।
बालबालिकको घरमा पढाइ कुना स्थापना

घरमा पढाई कुना तथा अभिभावकको सहयोगमा संचालन गरिएको पढाई कुना

प्रारम्भिक कक्षाहरुमा अध्ययन गर्ने बालबालिकाहरुको घरमा पठन संस्कृती र वातावरणको प्रोत्साहनका लागि अभिभावकहरुको संलग्नतामा पढाइ कुन स्थापना गर्ने ।

ड्ड बालबालिकामा पढाइ प्रतिको रुचिलाई अभिबृद्धि गर्ने ।
ड्ड अभिभावकलाई आफ्नो बालबालिकको पढाइको अवस्था थाहा पाउन ।

विद्यालयमा लैङ्गीक र अपाङ्गता मैत्री शौचालय निर्माण

विद्यालयमा पठनपाठलाई प्रभावकारी बनाउन, नियमितता बढाउन, स्वास्थ्य समस्या हुन नदिन, विद्यालय छाडने दरमा कमि ल्याउन, महिनावारीको समयमा उचित व्यवस्थापन गर्न पर्याप्त, सुरक्षित र पहुँचयोग्य बनाउन आवश्यकतामा आधारित वालमैत्री, अपाङ्गमैत्री र लैङ्गिकमैत्री शौचालय निर्माण गर्ने कार्य हो ।

ड्ड वालमैत्री, अपाङ्गमैत्री र लैङ्गिकमैत्री शौचालय निर्माण गर्ने

विद्यालयमा हातधुने स्टेशनहरुको निर्माण तथा पुननिर्माण सबुन र पानी सहितको उपलब्धता

विद्यालयमा पठनपाठनको समयमा बालबालिकाको व्यक्तिगत स्वच्छता तथा वातावरणीय सरसफाइ सुनिश्चित गर्न शौचालय प्रयोगपछि हातधुने स्टेसनको निर्माण तथा पुनर्निर्माण गरिने । यस गतिविधिमार्फत साबुन र सफा पानीको निरन्तर उपलब्धता सुनिश्चित गर्दै बालबालिकामा सही हात धुने बानी विकास गरिनेछ, जसले रोगको जोखिम न्यूनीकरण गरी स्वस्थ विद्यालय वातावरण कायम गर्न सहयोग पु¥याउनेछ ।

ड्ड विद्यालयमा खानेपानी योजना तथा हातधुने स्थान (स्टेशन)हरुको निमार्ण पुन निमार्ण गर्ने ।

बालमैत्री कक्षाकोठा तथा बसाई ब्यवस्थापन

कक्षा कोठामा बसाई ब्वस्थापनका लागी बालबालिकाहरुलाई सहयोग

यस क्रियाकलाप अन्तर्गत प्रारम्भिक कक्षा (कक्षा १—३)मा अध्ययन गर्ने सबै बालबालिकाहरुका लागि बसाइ सरल, सहज, सुरक्षित र समाबेशिताका साथैे सिकाइलाई प्रभावकारी, गुणस्तरीय, सुधारात्मक, र फलदायी बनोस भन्ने हेतुले बालमैत्री सामग्रीहरु सहयोग ( कार्पेट, कुसुम, गोलो टेबुल आदी ) उपलब्ध गराउने । बालबालिकालाई सुरक्षित, समावेशी र सिकाइमैत्री वातावरण निर्माण गर्नु ।
प्रारम्भिक कक्षामा पुस्तक कुना स्थापना
प्रारम्भिक कक्षाहरुमा पठन सामाग्री सहितको पुस्तक कुना स्थापना गर्ने ।
प्रारम्भिक कक्षाहरुमा उमेरगत उपयुक्त पठन सामाग्रीहरुको समान पहुँच सुनिश्चित गर्ने ।
ड्ड ै
बालबिकास तथा प्रारम्भिक कक्षामा छापामय सामाग्री सहयोग
बाल विकास तथा प्रारम्भिक कक्षामा छापामय सामग्री सहयोगले बालबालिकाको भाषा, ज्ञान, सामाजिक तथा भावनात्मक विकासमा मा सहयोग पु¥याउदै सिकाइ प्रक्रियालाई सरल, रोचक र प्रभावकारी बनाउन्छ । उमेर, रुचि र आवश्यकता अनुसार तयार गरिएका छापामय सामग्रीको योजनाबद्ध प्रयोगले सिकाइ यात्रालाई फलदायी र परिणाममुखी बनाउन्छ ।
ड्ड बालबालिकालाई अक्षर, शब्द र वाक्यसंग परिचित गराई बोल्ने, सुन्ने, पढने र लेख्ने सीपको विकास गराउनु ।
ड्ड रंगीन चार्ट, पोष्टर, चित्र सहितका किताब आदीले बालबालिकामा पढने चाहना जगाउने ।
विद्यालयमा सूचना तथा सञ्चार सामग्री (क्ष्ऋत्) सहयोग
विद्यार्र्थीको सिकाइ उपलब्धिमा वृद्धि गर्न शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन आवश्यक पर्ने डिजिटल उपकरणहरू जस्तै स्मार्ट बोर्ड, ल्यापटप, प्रोजेक्टर, प्रिन्टर, स्मार्ट टिभी आदि सहयोग गर्ने क्रियाकलाप हो ।
ड्ड विद्यालयमा डिजिटल शैक्षिक सामग्रीको प्रयोगमार्फत शिक्षण सिकाइलाई प्रविधिमैत्री रबनाई वालवालिकाहरूको सिकाइ क्षमता र गुणस्तर अभिवृद्दि गर्नु ।
शिक्षक तालिम (समावेशी शिक्षा, एकीकृत पाठ्यक्रम, पढाइ सीप, पुरक कक्षा, ब्रिज कक्षा

शिक्षक तालिम प्याकेज एक क्षमता विकास गर्ने माध्याम हो, जसले शिक्षकहरूलाई विविध पृष्ठभूमिका बालबालिकाको आवश्यकता अनुसार शिक्षण–सिकाइ प्रक्रिया अनुकूलन गर्न सक्षम बनाउँछ । यस प्याकेजले सिद्धान्त, व्यवहारिक अभ्यास, कक्षा अवलोकन, सहजीकरण, र निरन्तर सहयोग गर्न मदत गर्दछ
ड्ड सबै बालबालिकाका लागि गुणस्तरीय, समावेशी र समतामूलक शिक्षा प्रवद्र्धन गर्न शिक्षकहरूको क्षमता विकास गर्नु ।
ड्ड एकीकृत पाठ्यक्रम कार्यान्वयनमा शिक्षकहरूको सिप तथा दक्षता बढाउनु ।
तालिम प्राप्त शिक्षकहरुबीच घुम्ती बैठक (बालबिकास र प्रारम्भिक कक्षा शिक्षक

गर्भावस्था देखि नै प्रत्येक बालबालिकाको बिकासको क्रम सुरु हुने गर्दछ। गुण्स्तरीय प्रारम्भिक बालविकास कार्यक्रमहरुले बालबालिकाको बौद्धिक भाषिक शारीरिक सामाजिक तथा संवेगात्मक बिकासमा योगदान पुरयाउछ। बाल विकास केन्द्र तथा पुर्व प्राथमिक कक्षाहरुमा सिकाईका विविध क्रियाकलाप गर्ने अवसर पाएमा बालबालिका बिद्यालय शिक्षा को लागि तयार हुनुको साथै उनीहरुको भावी शिक्षाको र जीवनकै बलियो आधारशिला निर्माण हुन्छ। यसका लागि प्रारम्भिक बाल विकास शिक्षक को महत्वपूर्ण भूमिका हुने गर्दछ।

ड्ड घुम्ती बैठकको लागि निर्धारण गरिएको महत्वपूर्ण विषयहरुमा छलफल गरि प्रारम्भिक बालविकास तथा कक्षा १( ३ सम्मका शिक्षकहरुको सिकाईलाई पुर्नाताज्गी गराऊन मदत गर्न।
ड्ड शिक्षकहरुको अनुभव अदानप्रदान तथा विगतमा गरिएका असल अभ्यास लागु गर्न ।
बालबिकास र प्रारम्भिक कक्षा शिक्षकहरुलाई प्राविधिक सहायता

यो क्रियाकलाप बालविकास (भ्ऋभ्म्० र प्रारम्भिक कक्षा (कक्षा १–३) का शिक्षकहरूलाई लक्षित गरी उनीहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिने प्राविधिक सहायता कार्यक्रम हो । यस अन्तर्गत स्थलमै (यल–कष्तभ) र आवश्यकता अनुसार समूहगत वा व्यक्तिगत रूपमा शिक्षण–सिकाइ प्रक्रिया, पाठ योजना, शिक्षण सामग्रीको प्रयोग, बालकेन्द्रित विधि, समावेशी शिक्षा, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका विषयमा मार्गदर्शन प्रदान गरिन्छ । यस क्रियाकलापबाट शिक्षकहरूको शिक्षण दक्षता सुधार भई बालबालिकाको सिकाइ उपलब्धि वृद्धि हुने अपेक्षा गरिएको छ।
ड्ड बालविकास तथा प्रारम्भिक कक्षा शिक्षकहरूको शिक्षण–सिकाइ क्षमतामा सुधार ल्याउने ।
पढाई शिव्ीर स्थापना तथा संञ्चालनका लागी तालिम र सामाग्री सहयोग
प्रारम्भिक कक्षाका बालबालिकाहरुको पठन सीप अभिबृद्धिका लागि तालिम प्राप्त सहजकर्ता मार्फत समुदाय स्तरमा हरेक शनिबार ९० मिनेटको पढाइ शिविर सञ्चालन गर्ने ।
ड्ड बालबालिकाहरुको बोध सहितको पढाइ सीपमा सुधार ल्याउने ।

विद्यालय ब्यवस्थापन समिती गठन तथा क्षमता विकास

यो गतिविधिले विद्यालयको सुशासन गुणस्तरियता र पार्दशि शिक्षाको सुनिश्चितताका लागी विद्यालय व्यवस्थापन समिती को गठन तथा पुर्ण गठनका लागी वि व्य स सदस्यहरुको क्षमता विकास गर्ने उद्देश्यले संञ्चालन गरिन्छ । यस ले विद्यालयको योजना निर्माण स्रोत परिचालन अनुगमन तथा जवाफदेहिता प्रणली लाई सढृट बनाउद छ ।

ड्ड विद्यालय ब्यवस्थापन समितीको समावेशी र विधिसम्बत गठन सुनिश्चित गर्नु ।
ड्ड वि व्य स सदस्यहरुको भुमिका जिब्वेवारी र नेत्रित्व क्षमता अभिबृद्धि गर्नु ।

विद्यालय सुधारयोजना निर्माण

बिद्यालय सुधार योजना बिद्यालयको समग्र शिक्षाको बिकासको लागी तयार गरिने ५ बर्षे योजना हो । यो योजना समूदाय, बिद्यालय र अन्य सरोकारबालाहरुसंगको सहभागितामाउनिर्माण गरिन्छ ।

ड्ड विद्यालयको समग्र शिक्षाको सुधारका लागी विद्यालय सूधार योजना निर्माण सहयोगी पुस्तििका २०७४ अनुसार विद्यालय सुधार योजना निर्माण गरि कार्यन्वयन गर्नु ।

share it:

Notes