December 10, 2024

Home/

लेखा परिक्षणको आशय पत्र माग सम्वन्धमा

Notice link of Jobsnepal

Downloads
ToR for Audit Hiring
Consultancy Proposal Form Audit

प्रथम पटक प्रकाशित मिति: २०८०/०४/०८

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट द्धारा २०७९ श्रावण १ गते देखि २०८० अषाढ मसान्त सम्मका लागि एक आ.ब.को विभिन्न परीयोजना अन्तरगत ८ करोड बरावर रकमको लेखा परिक्षण गर्नुपर्ने भएकोले तल उल्लेखित योग्यता पुगेका फर्म बाट विष्तृत विवरण सहित आशय पत्र पेश गर्नका लागि आह्वान गरीएको छ ।

आवस्यक कागजातहरु

  • नेपाल सरकार वा नेपाल चार्टर एकाउन्टेन्स संस्था बाट सम्बन्धीत कार्यका लागी प्राप्त गरेको इजाजत पत्र प्रतिलिपीहरु
  • स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र प्रतिलिपी
  • कर चुक्ता प्रमाण(पत्र प्रतिलिपी (२०७९/०८०)

शर्तहरु

  • अडीट गर्नको लागी पाँचतारा युवा संरक्षक मञ्चको कार्यलय खलंगा, जाजरकोटमा र फिल्ड अफिस छेडागाड नगरपालिका ५, थलह जाजरकोटमा उपस्थित भइ गर्नुपर्नेछ ।
  • Proposal यस संस्थाले उपलव्ध गरायको फाराममा भरी कार्याललय समयमा आफ्नो फर्मको लेटर प्याडमा निवेदन लेखी फर्मको डकुमेन्ट सहीत इमेल मार्फत ptysm.procurement@gmail.com मा पेश गर्नु पर्ने छ ।
  • Proposal सुचना प्रकाशन भएको मितिले ७ औं दिनको ५ बजे सम्म यस संस्थामा दर्ता गराई सक्नु पर्नेछ । Proposal दरभाउ पत्र दाता वा निजको प्रतिनिधिको उस्थिति वा अनुपस्थितिमा यस संस्थामा खोलिने छ ।
  • Proposal मा यातायात खर्च, खाना तथा होटल वास सहीत कुल लागत पेश गर्नुपर्ने छ ।
  • आशय पत्र दाता बाट आफ्ले कबोल गरेको दररेट तथा कुल रकम अंक र अक्षरमा प्रष्ट हुने गरी उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षर लाई मान्यता दिइने छ ।
  • आशय पत्र दाताले दरभाउ पत्रको खाम बाहिर कार्यालयको नाम ठेगाना र शिलवन्दी दरभाउ दाताको नाम, ठेगाना र सम्पर्क नम्वर स्पष्ट लेख्नु पर्ने छ । इमेल मार्फत आएका कोटेशनको हकमा खाम आवश्यकता पर्ने छैन।
  • आशय पत्र स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस संस्थालाई हुनेछ ।
  • बाल संरक्षण नीतिको पालना गर्नुपर्नेछ ।
  • आशय पत्र सम्बन्धी अन्य थप जानकारी लिनु परेमा यस कार्यालयको सम्पर्क नं. ९८५८०५२१२७, ९८४४८७९१११, ९८५८०६९८०२ मा बुझ्न सकिने छ ।

 

share it:

Notes