May 16, 2026

Home/

कर्मचारी आबश्यकता ।

पाँचतारा युवा संरक्षक मञ्च विगत २३ वर्ष देखी जाजरकोट जिल्लामा कार्यरत गैर सरकारी संस्था हो । हाल यो संस्था जाजरकोट जिल्लामा अति विपन्न महिला, दलित तथा जोखिममा रहेका समुदायहरुको जिवीकोपार्जन, शसक्तिकरण, समानता तथा सामाजिक परिचालन, कृषि,शिक्षा,स्वास्थ्य,पोषण,पशु तथा सामाजिक न्यायको क्षेत्रमा कार्यरत रहेको छ ।
जाजरकोट जिल्लामा किशोर किशोरी प्रजनन स्वास्थ्य सम्बन्धि कार्यक्रम संचालन गर्नका लागि केहि कर्मचारी आबश्यक भएकाले न्युनतम मापदण्ड पुरा गरेका १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ ।

तपशिल –

१) पद – परियोजना संयोजक
क) माग – १
ख) न्युनतम् शैक्षिक योग्यता – मान्यता प्राप्त शिक्षण संस्थाबाट BPH,BN उतिर्ण ।
ग) अनुभव – प्रजनन स्वास्थ्यका क्षेत्रमा कम्तिमा १ बर्ष कार्य अनुभब भएको ।
घ) वाञ्छनिय योग्यता –
योजना तर्जुमा,कर्मचारी परिचालन, बजेट ब्यबस्थापन र तथ्यांक संकलन र बिश्लेषण सिप भएको,
समुह तथा तालिममा सहजिकरण, सञ्चार, सहकार्य क्षमता भएको,
स्थानीय तह, स्वास्थ्य संस्थाहरु र सरोकारवालाहरु संग कुशल समन्वात्मक क्षमता भएको,
प्रगति प्रतिबेदन,घटना प्रतिबेदन, सफलताको कथा नेपाली र अंग्रेजि भाषामा लेखन सिप भएको,
कम्प्युटर सम्बन्धि MS word,MS excel,power point,data analysis सिप भएको,

२) पद- लेखा अधिकृत
क) माग- १
ख) न्युनतम् शैक्षिक योग्यता – मान्यता प्राप्त शिक्षण संस्थाबाट द्यद्यक्रद्यद्यब्रद्यब् उतिर्ण गरेको
ग) अनुभव- लेखा ब्यबस्थापनमा कम्तिमा २ बर्ष कार्र्य अनुभब भएको । ।
घ) वाञ्छनिय योग्यता
बजेट योजना निर्माण ,अनुगमन तथा आर्थिक प्रतिबेदन तयारी,
accounting software संचालन अनुभब भएको,
प्रसासनिक कार्य संचालन तथा सानो नगदि कोष ब्यबस्थापन सम्बन्धि दक्षता भएको,
खरिद प्रक्रिया तथा स्टोर ब्यबस्थापन सम्बन्धि ज्ञान भएको,
आन्तरिक तथा बाह्य लेखा परिक्षक सहजिकरण तथा ब्यबस्थापन गर्न सक्ने,
नेपाल सरकारका कर प्रणालीमा जानकार भएको,
कुशल समन्वय र सहकार्य गर्न सक्ने क्षमता भएको,

३) पद – सामाजिक परिचालक (स्वास्थ्य)
क) माग – केही
ख) न्युनतम् शैक्षिक योग्यता – मान्यता प्राप्त शिक्षण संस्थाबाट स्टाप नर्स,अनमी उतिर्ण गरेको (हे.अ वा अहेब उतिर्ण महिला)
ग) अनुभव – समुदाय परिचालनमा १ बर्ष कार्य अनुभब भएको ।
घ) वाञ्छनिय योग्यता –
तालिम,अभिमुखिकरण तथा समुहमा सहजिकरण सिप भएको ।
प्रजनन स्वास्थ्य सम्बन्धि ज्ञान भएको ।
स्थानीय स्तरमा कुशल समन्वय र सहकार्य गरि काम गर्न सक्ने ।
सम्पन्न क्रियाकलापको प्रतिवेदन,घटना प्रतिबेदन,सफलताको कथा लेखन सिप भएको ।
समुह सहजकर्तालाई अनुगमन,सुपरिबेक्षण तथा प्राबिधीक सहयोग ।

४) छनौट प्रक्रिया – छोटो सुची, लिखित,प्रयोगात्मक र मौखिक
५) आबेदन दिने अन्तिम मिति – २४ अगस्ट २०१८
६) पारिश्रमिक – संस्थाको नियमानुसार ।
७) दरखास्त साथ पेश गनु पर्ने कागजातहरु
व्यक्तिगत विवरण ₋ थान १ ।
नागरिकताको प्रतिलिपि ₋ थान १ ।
शैक्षिक योग्यताको प्रमाण पत्रका प्रतिलिपि ।
अनुभव तथा तालिमका प्रतिलिपि ।

नोट – महिला, दलित, जनजाति, सिमान्तकृत एवं स्थानीयलाई बिशेष प्राथमिकता दिईनेछ ।

दरखास्त बुझाउने स्थान – पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको कार्यालय र panchtara.jajarkot@gmail.com   मार्फत पेश गर्न सकिने छ ।

share it:

Notes